कति सुरक्षित छ जोन्सन एण्ड जोन्सन खोप

काठमान्डौ ७ साउन

जोन्सन एण्ड जोन्सन कस्तो प्रकारको खोप हो

संसारमा अहिले प्रचलनमा रहेको अथवा कोभिड विरुद्ध लगाउन मान्यता प्राप्त खोपहरु मध्य जोन्सन एण्ड जोन्सन पनि हो। यो अमेरिकन कम्पनीबाट उत्पादित खोप हो।

यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिइसकेको छ। यो अमेरिकन एफडिएबाट पनि स्वीकृत भइसकेको छ।
नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधरणका लागि लगाउन अनुमति प्राप्त खोप हो।
यो अत्यन्तै सुरक्षित छ।

यो खोप किन आवश्यक छ

अहिलेको परिस्थितिमा हामी कोभिड–१९ को रोगबाट बच्नको लागि खोप नै एकमात्रै त्यस्तो अचुक औषधी जस्तो लाग्छ जसले महामारी र मानिसहरुको मृत्युलाई रोक्नका लागि एकदमै रामवाणको काम गरेको छ।

त्यही भएर यो खोप उपलब्ध भएसम्मकोले जसजसलाई सरकारले लक्षित वर्ग राखेको छ उनीहरुले ढुक्क भएर यो खोप लगाउँदा हुन्छ।

यो खोप कति डोज लगाउने

विश्व स्वास्थ्य संगठन अथवा अमेरिकाको एफडिएले मान्यता दिए अनुसार यो एकचोटी लगाएपछि यसको मात्रा पुग्छ।

यो लगाएपछि कुनै असर देखिए के गर्ने

जुनसुकै खोपहरु लगाएपनि सामान्य असर भनेको लगाएको ठाउँमा दुख्ने, कहिलेकाहीँ सुन्निने, कहिले एक–दुई दिनपछि बेलुकातिर ज्वरो आउने, जिउ दुख्ने जस्ता लक्षणहरु देखिन्छ। यस्तो हुँदा केही डराउनु पर्दैन।

यति हुँदाहुँदै पनि अरु गम्भीर किसिमका केही समस्या देखिए, एकदमै अप्ठ्यारो हुने, बेहोस होला जस्तो हुने, छाती बेस्सरी दुख्ने, चिटचिट पसिना आउने, ज्वरो अत्याधिक आउने त्यस्तो समस्या भयोे भने तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्दा पनि हुन्छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board