बिरामी हुँदा देखिन्छन् यस्ता संकेत,अनुहारबाटै थाहा हुन्छ स्वास्थ्य अवस्था

काठमाडौं, ७ साउन अनुहार शरीरको एउटा पाटो हो, जुन मानिसहरुले कयौं पटक दिनमा हेर्छन। अनुहार राम्रो बनाउन सबैले कोसिस गरिरहेकै हुन्छन्।

तर, त्यही अनुहारबाट नै आफ्नो स्वास्थ्य अवस्था थाहा पाउन सकिन्छ। रोगका लक्षणहरु अनुहारमा पनि देखिन्छन्।

पहेँलो अनुहार र आँखा

शरीरमा धेरै फोहर पदार्थ जम्मा हुँदा र रातो रक्त कोशिकाहरु टुक्रिने कारणले आँखा र मुख पहेँलो देखिन्छ।

त्यस्तै भाइरल इन्फेक्सन, लिव, गलब्लेडर, प्यानक्रियाज डिस्अर्डर वा लिवर सिरोसिससँग सम्बन्धित समस्यामा पनि अनुहार र आँखा पहेँलो हुनसक्छ।

मुखमा रहेका रौं झर्नु

यदि आँखी भौं, परेला तथा मुखमा रहेका रौं झर्न थालेको छ भने एलोपेसिया एरिटाको संकेत पनि हुन सक्छ। हेयर फालिकल पनि हुन सक्छ।

सुन्निएका आँखा

निद्रा राम्ररी नलाग्दा, धेरै नुन खाँदा, हर्मोनल बदलाव, गर्मीका कारण, उमेर बढ्दै जाँदा, एलर्जी, मेकअप तथा आँखामा साबुन पस्दा पनि आँखा सुन्निन सक्छ।

मुखमा रौं बढ्दै जानु

मुखमा अनौठो तरिकाले रौं आउन थाले सबैलाई चिन्ता बढाउँछ। कतिपय पुरुषको कानमा रौं आउँछ भने कतिपय महिलाको चिउँडोमा रौं आउन सक्छ। यो त्यति गम्भीर नभए पनि महिलाहरुमा भने पोलिसिस्टिक ओभरी सिन्ड्रोमको संकेत पनि हुन सक्छ।

ओठ फुटेर रगत आउने

जाडोयाममा धेरैजसो ओठ फुट्ने र रगत आउने गर्दछ। पेट्रोलियम जेली, नरिवलको तेल वा बामहरुले मोइस्चराइज गर्न सकिन्छ। तर, यस्तो हुनुमा डिहाइड्रेसन, एलर्जी वा कुनै औषधीको रियाक्सन पनि कारण हुने गर्दछ।

कोठी

अनुहारमा कोठी हुनु नराम्रो होइन। यो धेरैजसो जन्मजात नै हुन्छ र यसले शरीरलाई कुनै असर गर्दैन। तर, यदि कोठीमा केही परिवर्तन आएमा, दुख्न थाले तुरुन्त चिकित्सकलाई देखाउनु पर्छ। किनकि, यो क्यान्सरको लक्षण पनि हुन सक्छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति