बैंकका सिस्टम ह्याक गर्ने चेतावनी फेक सूचना – सहप्रवक्ता पोखरेल

काठमाडौं, ७ साउन ।   नेपाल राष्ट्र बैंकसहित विभिन्न १५ बैंकका सिस्टम ह्याक गर्ने चेतावनी दिईएको छ । ह्याकरले नेपाल राष्ट्र बैंक सहित अन्य बैंकका उच्च अधिकारीलाई चेतावनीसहितको पत्र समेत पठाएको बुझिएको छ । उक्त पत्र राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल, सहप्रवक्ता नारायण पोखरेलसहितलाई पुगेको बताईन्छ ।

अपरिचित इमेलबाट यस्तो चेतावनीसहितको पत्र आएको हो। बुधबार आएको पत्रमा नेपालका १५ बैंकको सिस्टम ह्याक गर्ने र यसलाई हल्का रुपमा नलिन चेतावनी दिइएको छ। ह्याकरले पत्रमार्फत यदि ठूलो क्षतिलाई रोक्न चाहे बिहीबारदेखि ४८ घण्टासम्म सबै शाखा बन्द गर्न भनेको छ। ह्याकरले राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंक, एनआईसी एसिया बैंक, बैंक अफ काठमाडौं, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र हिमालयन बैंकको नाम उल्लेख गर्दै सिस्टम ह्याक गर्ने चेतावनी दिएको हो।

प्रवक्ता ढकालले यसबारे सबै बैंक तथा सरोकारवालालाई सूचना दिइसकिएको भन्दै आफूहरुले सुक्ष्म रुपमा यसमा अनुसन्धान गरिरहेको बताएका छन्। यता राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल त्यस्तो धम्की दिनेको पहिचान गर्न आइटी डिपार्टका कर्मचारी खटिसकेको र प्रहरीको सहयोग जरुरत परेमा लिने बताए। ‘भाइबरमा यस्ता फेक सूचना आएका रहेछन्, यस्तो काम गर्नेको खोजी भइरहेको छ,’ उनले भने, ‘कुनै ह्याकरले इमेल गरेको पनि होइन। यो त भाइबरमा आएको फेक धम्की हो। प्रहरीको सहयोगमा यस्तो सूचना पठाउनेको खोजी गरिँदैछ।’ उनले ह्याकरले बाजा बजाएर ह्याक नगर्ने पनि बताए। ‘कसैले बाजा बजाएर सिष्टम ह्याक गर्ने हो र? यसबाट आतंकित हुनु पर्दैन,’ उनले भने। नेपालको बैंक प्रणाली मजबुत रहेको र यस्ता धम्कीबाट डराउनै नपर्ने उनले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति