पूर्व राजदूतकि छोरीको अपहरणपछि हत्या

काठमाडौं, ७ साउन ।   पाकिस्तानका तर्फबाट अफगानिस्तानका लागि पूर्व राजदूतको छोरी अपहरण पछि हत्या गरिएको छ। राजदूत शौकत मुकदमकि २७ वर्षिया छोरी नुर मुकदमलाई पाकिस्तानको राजधानी ईस्लामावादमा मारिएको अवस्थामा फेला पारिएको थियो।पूर्व पाकिस्तानी राजदूतको छोरीको अपहरण भएपछि पाकिस्तान र अफगानिस्तानबीच कूटनीतिक गतिरोध सुरु भएको केही दिनपछि बुधवार राजदूतको छोरीको शब हत्या भएको अवस्थामा पाईएको थियो। मुकदमले विगतमा दक्षिण कोरिया र कजाकिस्तानका लागि पनि पाकिस्तानका राजदूतको रूपमा काम गरिसकेका छन। गोली हानिएपछि नूर मुकादमलाई मारिएको प्रहरीले जनाएको छ। हत्याको सम्बन्धमा नूरको साथीलाई पक्राउ गरिएको छ। इस्लामाबाद प्रहरीका अनुसार हत्यामा संलग्न रहेको आरोपमा जहीर जाफर नामका एक व्यक्तिलाई घटनास्थलमा पक्राउ गरिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति