नेपाल टेलिकमका प्रबन्ध निर्देशक अधिकारी आफ्नै कार्यकक्षमा बन्दी

काठमाडौं, ७ साउन । कर्मचारीको वृत्तमा विकासमा ध्यान नदिई निजी तथा आफ्ना आसेपासेको हित रक्षार्थ हुने किसिमले कर्मचारी विनियमावली संसोधन गरेको भन्दै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी आफ्नै कार्यकक्षमा बन्दी भएका छन् । उनलाई मंगलबार रातिदेखि बुधबार बिहानसम्म टेलिकमकै कर्मचारीहरुले घेराबन्दी गरी आफ्नै कार्यकक्षमा बन्दी बनाएका थिए । कम्पनीको हितमा कार्य गर्ने तर आफ्नो निर्देशनको ईशारामा नचल्ने कुनै पनि कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी नदिएको आरोप उनीमाथि लाग्ने गरेका छन् । २०७५ सालमा टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएका डिल्लीराम अधिकारी नेतृत्वको टेलिकमले तीन वर्षदेखि कर्मचारी बढुवाका लागि सूचना प्रकाशित गरेको छैन । जसले गर्दा चार हजार कर्मचारी कार्यरत मुलुककै अग्रणी संस्थाको ११ औं तहमा ११ कर्मचारी हुनुपर्नेमा हाल २ जना मात्र छन् । बाँकी ९ वटा पदमा १० तहका कर्मचारीलाई दरबन्दी हुँदा हुँदै पनि निमित्त दिई काम कारवाही गराउँदै आएको छ । साथै बढुवा सूचना प्रकाशित नहुँदा ९ तहमा कार्यरत कर्मचारीहरु १० औं तहमा बढुवा हुनबाट बञ्चित भएका छन् । कार्मचारी बिनियम लागू नगरेकै कारण १० औं तहमा कार्यरत लगनशिल वरिष्ठ ४ कर्मचारीहरु ११ औं तहमा बढुवा नभई अवकास हुनु परेको थियो । आफूले भनेका नमान्ने ११ तहका वरिष्ठ उप प्रवन्ध निर्देशकहरुलाई १२ औं तहमा पदोन्नती गरेनन् । तर आफू निकट र उनले भनेका मान्ने कनिष्ठ कर्मचारीहरुलाई सीटीओ जस्तो महत्वपूर्ण जिम्मेवारी दिने भने, दुईवटासम्म शाखाको जिम्मेवारी दिने र अरुलाई जिम्मेवारी बिहीन बनाउने काम गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board