काठमाडौं, ६ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावलको भेटघाट सकिएको छ । रावल निवकास टोखा पुगेर नेता नेपाल केही बेरअघि मात्रै फर्किएका हुन् ।
केहीदिनअघि शेरबहादुर देउवालाई विश्वासको मत दिन अस्वीकार गर्दै सांसदबाट राजीनामा दिएका नेता रावललाई भेट्न नेपाल टोखा पुगेका थिए ।
उनी नेपालले बोलाएको आजको स्थायी कमिटी बैठकमा सहभागी भएनन् । सोही बैठकमा नेताहरूले भेट्न सुझाव दिएपछि नेता नेपाल रावलाई फकाउन टोखा पुगेका हुन् ।
रावलले बुझाएको राजीनामाको पत्र अहिले संघीय संसद सचिवालयमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ। भेटमा के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन् ।
COMMENTS