कांग्रेस सांसद सिंहले दिए राजीनामा

काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य अमरेशकुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महाधिवेशन नकिँदै गर्दा क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली कांग्रेस चुस्त र गतिशिल बन्ने मार्गमा अवरोध भएको जस्ता कारण देखाएर उनले पदबाट राजीनामा दिएका हुन् । उनले नेपाल पेज संग भने ‘म प्रत्यक्ष निर्वाचित सांसद हुँ । मैले इमान्दार कांग्रेस कार्यकर्ताको सदस्यता जोगाउन सक्दिन भने अरु जनतालाई कसरी न्याय गर्न सक्छु ? क्रियाशीलमा भएको धाँधलीका कारण म राजीनामा दिदैछु’, सिंहले नेपालभने । उनले सर्लाहीका सबै क्षेत्रमा विधिविपरीत सदस्यता बाँडिएको र अनसनमा बसेका कार्यकर्ताको माग पूरा गराउन पार्टीले कुनै तदारुकता नदेखाएको भन्दै राजीनामा बाहेक विकल्प नदेखेको बताए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति