बालुवाटारमा प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता

काठमाडौं, ६ साउन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन् । विप्लवले पछिल्लो समय नेताहरूसँगको भेटघाटलाई तीव्रता दिएका छन् । प्रधानमन्त्रीसँगको भेटवार्ताको क्रममा विप्लवको साथमा नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोला पनि छन् । छलफलमा गृहमन्त्री बालकृष्ण खाण उपस्थित छन् ।शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीनबुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको बताइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति