भीम रावललाई भेट्न माधव नेपाल टोखा पुगे

काठमाडौं, ६ साउन ।  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल टोखा पुगेका छन्। पार्टीका उपाध्यक्ष भीम रावललाई भेट्न नेपाल रावलको निजी निवास टोखा पुगेका हुन् ।

बुधबारको नेपाल पक्षीय स्थायी कमिटी बैठकमा रावल अनुपस्थित भएपछि नेपाल टोखा पुगेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनु अगाडि रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा घोषणा गरेका थिए। बुधबारको स्थायी कमिटी बैठकमा नेपाल पक्षीय नेताहरुले रावलको राजीनामा रोक्नुपर्ने धारणा राखेका थिए। रावलले बुझाएको राजीनामाको पत्र अहिले संघीय संसद सचिवालयमा विचाराधीन अवस्थामा रहेको जनाइएको छ। राजीनामा फिर्ताका लागि अरु नेताहरुले कुरा गर्दा नमानेपछि नेपाल नै रावलको निजी निवास टोखा पुगेका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति