मौद्रिक नीति ल्याउने तयारी पुराः कोभिडबाट क्षति पुगेका क्षेत्रहरुलाई सम्बोधन गरिने

काठमाडौं, ६ साउन ।  केन्द्रिय बैंकले आर्थिक वर्ष २०७८/७९ को लागी मौद्रिक नीति अन्तिम चरणमा पुगेकोे छ । नेपाल राष्ट्र बैंकले कोभिड पुर्नउत्थानमा कत्तिको टेवा पुर्याउछ लगाएतका कौतुहलता सबैमा छ । राष्ट्र बैंकले यसको पुर्ण तयारी भएको र सरोकारवालासंग छलफल सकिएको भएपनि सरकार परिवर्तनका कारण केही ढिला भएको बताएको छ ।

केन्द्रिय बैंक मार्फत आउने मौद्रिक नीतिले मुलुकको अर्थव्यवस्थामा बलियो आधार दिने हुदा यसमा के कस्ता विषय समावेश हुन्छन त्यसबारे सरोकारवाला निकायको चासो बढेको छ । केन्द्रिय बैंकले आर्थिक वर्ष २०७८/७९ को लागी मौद्रिक नीति ल्याउने तयारी पुरा गरेको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मौद्रिक नीतिका लागि आवश्यक रायसुझाव सरोकारवालाहरुसग संकलन कार्य सकिएको छ । कोरोना महामारीबाट क्षति पुगेका क्षेत्रबारे पुर्नउत्थान गर्न बैंक मार्फत गरिने सहुलियत पुर्ण ऋण तथा कर्जाको लागी उद्योगी व्यवसाय राष्ट्र बैंकलाई सुझाव समेत दिदै आएका छन । राष्ट्र बैंकले अर्थव्यवस्थामा ध्यान दिने व्यवस्था स्वरुप मौद्रिक नितिको तयारीमा लागेकोे बताएको छ । कोभिडबाट क्षति पुगेका आर्थिक क्षेत्रहरुलाई सम्बोधन गरेको, निजि क्षेत्र तथा उद्योग व्यवसायीहरुको सुझावसहित मौद्रिक नीति आउने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल बताउछन् ।

नेपालको आर्थिक क्ष्ँेत्रको केन्द्रबिन्दुको रुपमा रहेको मौद्रीक नीतिले महामारीबाट क्षेती पुगेको अर्थतन्त्रलाई पुर्नउत्थान गर्नुपर्ने अर्थशास्त्रीहरुले बताउदै आएका छन । गत वर्षको मौद्रिक नीतिले उद्योग, व्यवसायलाई कर, मुल्य अभिबृद्धि करलगायतमा सहुलियत दिएको थियो । व्याजदर एकल अंकमा ऋण पाउनु पर्ने, पुर्नतालीकिकरण गर्ने, व्याजका विषयमा निजि क्षेत्रले राष्ट्र बैंकसंग आश गरेका छन । मौद्रिक नीतिले अर्थतन्त्रलाई सघाउ पुर्याउनु पर्ने अर्थविद् केशब आचार्यको भनाई छ । लघु घरेलु तथा साना उद्योगलाई प्रोत्साहन गर्नुपर्ने अर्थविद् आयार्य बताउ“छन । मुलुकको अर्थव्यवस्था नियन्त्रण गर्नको लागी निकै आवश्यक भएको मौद्रिक नीतिले कोरोना महामारीले शिथिल पारेको अर्थतन्त्रलाई पुर्नउत्थान गर्न सघाउ पुर्याउने विश्वास सबैको छ । सामाजिक र आर्थिक क्षेत्रको क्षतिमा मौद्रिक नीति र बजेटको सहि कार्यान्वयन मुख्य रहन्छ । मौद्रिक नीतिले पुजी बृद्धिको अवधारणा ल्याई समग्र देशको अर्थव्यवस्थालाई टेवा दिने विश्वास लिईएको छ । कोभिड–१९ प्रभावित उद्योग व्यवसायलाई बचाउन राष्ट्र बैंकले नीतिगत सहयोग गरिरहेको भन्दै अर्थतन्त्रको पुनरोत्थानलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति तयार गरिएको राष्ट्र बैंकले दाबी गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board