संक्रमितको संख्यामा वृद्धि : आज कोभिडबाट ३० जनाको मृत्यु, २८ सय संक्रमित

काठमाडौं, ६ साउन । पछिल्लो २४ घण्टामा मुलुकमा २८३८ जना कोभिड बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १२ हजार ६१ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।बुधबार थप ३० जनाको मृत्यु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४७५ जना निको भएका छन् ।

काठमाडौं उपत्यकामा ६९७ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा मात्र ४९० जनामा संक्रमण पुष्टि भएको छ ।आज संक्रमण दर २२ प्रतिशत छ । सबैभन्दा बढी संक्रमण दर सुदूरपश्चिममा ४८.२ प्रतिशत, कर्णालीमा ४६ प्रतिशत, गण्डकीमा ३२ र प्रदेश १ मा ३१ प्रतिशत संक्रमण दर छ । आजसम्म मुलुकमा २६ हजार ८३२ जना सक्रिय संक्रमित छन् । १२ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले साउन लागेसँगै संक्रमितको संख्यामा पनि वृद्धि भएको जनाए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board