नेपाल पक्षका २२ सांसदलाई कुनैलाई ४ गते र कुनैलाई ५ मिति राखेर ओली समुहले सोध्यो स्पष्टिकरण

काठमाडौं, ६ असार । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २२ सांसदहरुलाई स्पष्टिकरण सोधिएको छ । स्पष्टिकरण पत्रमा कुनै सदस्यलाई ४ गते र कुनैलाई ५ साउनको मिति राखेर स्पष्टिरकण सोधिएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत हालेका २२ सांसदलाई स्पष्टीकरण सोधिएको हो। पार्टीको हितविपरित विभिन्न भेला गरेको, गुटगत गतिविधि संचालन गरेको र विपक्षी गठबन्धनमा सामेल भई अपराधजन्य निर्णय गरेको आरोप लगाइएको छ । पत्र पाएपछि सासद पार्वति विशुन्केले भनिन् “संविधानमा नभएको काम गरी २ पटक सदन विघटन, पार्टीको दलको निर्णय विना सदन विघटन, संविधानको खिलापमा काम गर्ने अध्यक्ष केपी शर्मा ओलीलाई पो कार्वाही गर्नु पर्छ, हामीले त संविधानको धारा ७६ को उपधारा ५ मा रहेको व्यवस्था अनुसार सांसदको विवेक प्रयोग गरी भोट गरेको हो, संविधान र लोकतन्त्रको रक्षाका लागी हाम्रो मतदान हो । त्यसैले कारवार्ही गरिनुको कुनै औचित्य छैन ।”

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति