बिपी ‘अलराउन्डर’ हुनुहुन्थ्यो राजनीतिदेखि साहित्यसम्म उहाँको योगदान छ : प्रधानमन्त्री देउवा


काठमाडौँ, ६ साउन । बिपी कोइराला सानो देशको ठूलो मानिस भएको नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

आज बिहान बिपी कोइरालाको स्मृतिमा कांग्रेसले आयोजना गरेको भर्चुअल अन्तर्क्रियामा प्रधानमन्त्री देउवाले भने, ‘उहाँ सानो देशको ठूलो मान्छे हो। मैले यही भन्ने गरेको छु, उहाँ अलराउन्डर हो– राजनीतिदेखि साहित्यसम्म उहाँको योगदान छ।’उनले बिपीका विचार तथा योगदानले कांग्रेसलाई ऊर्जा दिने पनि बताएका छन्। बिपी कांग्रेसका संस्थापकमध्ये एक थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति