जनताका तागतले प्रतिगामी तत्व परास्त भए : अध्यक्ष प्रचण्ड

काठमाडौँ, ६ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी तत्वहरू परास्त भएको बताएका छन्।जनताको तागतका अगाडि प्रतिगामीहरू परास्त भएको प्रचण्डको भनाइ छ। ‘समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धीमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीबाट हमला गर्ने काम भए,’ बकर इदमा आज शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्, ‘समुदायले हासिल गरेका हक अधिकारहरुको कटौती हुन थाल्यो। तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए।’ उनले कटौती भएको अधिकारको पुनर्बहाली भइरहेको पनि बताए।
आजको दिन समुदायको कटौति भएको अधिकारको पुनर्बहालीको अवसरका रुपमा मनाउन आग्रह गर्दछु। जनताले गरेको विकास र समृद्धिको आकांक्षा अनुरुप समाजवादी लक्ष्य हासिल गर्न सबै नेपाली जनसमुदायमा एकतावद्ध पहलकदमीका लागि आव्हान पनि गर्दछु,’ उनको भनाइ छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति