काठमाडौ, ५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटन उनकै निवास खुमलटार पुगेका छन्। देउवा प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यबारे जानकारी लिन खुमलटार पुगेका हुन्। प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले पारिवारिक भेटघाटका लागि देउवा खुमलटार आएको जानकारी दिए। पारिवारिक भेट हो। त्यस्तो कुनै औपचारिक छलफल हुँदैन, मेडमको स्वास्थबारे जानकारी लिन आउनुभएको हो, उनले भने। प्रचण्डले आजै देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर भेटेका थिए। उक्त भेटमा साझा अवधारणाका आधारमा अगाडि बढने सहमति भएको थियो।यसैगरी प्रचण्डले आजै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया