भारतमा नेपाली राजदूतको फोन पनि जासुसीको सूचीमा

काठमाडौं, ५ असार । भारतस्थित नेपाली राजदूत नीलाम्बर आचार्यको फोन पनि जासुसीका लागि लक्षित समूहमा परेको छ।

पेगासस स्पाइसवेयरको माध्यममा भारतमा नेपालसहित विभिन्न देशका राजदूतका फोन जासुसी सम्भावित सूचीमा रहेको एक फ्रान्सेली पत्रिकाले जनाएको छ।
‘इमरान खान (पाकिस्तानका प्रधानमन्त्री) र उनका राजदूतहरू सम्भावना लक्षित सूचीमा छन्। त्यसका साथै दिल्लीस्थित अफगानिस्तान, चीन, नेपाल, साउदी अरबसहितका राजदूत तथा कूटनीतिज्ञ रहेका छन्’ ला मुन्डेले लेखेको छ। सोमबार बिहान वासिङ्टन पोस्ट र भारतको वेबसाइट द वायरले विश्वभरका पत्रकार तथा सामाजिक कार्यकर्ताको फोन ह्याक गरिएका समाचार प्रकाशन गरेका थिए। यसअघि सन् २०१७ देखि सन् २०२१ सम्ममा दिल्लीमा रहेका कूटनीतिक फोन ह्याक भएको सम्भावित सूचीमा छन्। नीलम्बर आचार्य २०७५ माघ ६ गतेदेखि भारतको राजदूत छन्। यसअघि दीपकुमार उपाध्याय राजदूत थिए। उपाध्यायले प्रतिनिधि सभा निर्वाचनमा भाग लिन २०७४ असोजमा राजदूतबाट राजीनामा दिएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति