माधव नेपाल र उपेन्द्र यादवसँग भेटवार्ता पछि प्रचण्ड बालुवाटारमा

काठमाडौं, ५ साउन ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार गएका छन्।

कोटेश्वरमा आज बिहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग संयुक्त कुराकानी गरेलगत्तै प्रचण्ड बालुवाटार गएका छन्।‘प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटार जानुभएको छ,’ एक स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले विश्वासको मत पाएपछि अब मन्त्रिपरिषद बिस्तार गर्ने तयारी छ। यो साता मन्त्रिपरिषद विस्तार गर्नका लागि नेताहरूले सक्रियता बढाएका छन्। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदमा कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री यसअघि नै नियुक्त गरेका थिए। मन्त्रिपरिषद २५ सदस्यीय बनाउन मिल्छ। अरू मन्त्रालय प्रधानमन्त्री देउवाले नै राखेका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति