शिल्पा सेट्टीका श्रीमान अश्लील फिल्म बनाएको आरोपमा पक्राउ

काठमाडौं, ५ साउन ।  बलिउड अभिनेत्री शिल्पा सेट्टीका श्रीमान तथा व्यापारी राज कुन्द्रा सोमबार अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार राति कुन्द्रलाई मुम्बई प्रहरीको क्राइम ब्रान्चले पक्राउ गरेको छ।प्रहरीका अनुसार कुन्द्रविरुद्ध प्रहरीसँग बलियो प्रमाण् छ। गत फेब्रुअरीमै दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा प्रोनोग्राफीमा राज कुन्द्रा मुख्य आरोपी रहेको प्रहरीले प्रमाण फेला पारेको जनाइएको छ। प्रहरीका अनुसार राज कुन्द्रले एक एपमा अश्लील फिल्म रिलिज गर्ने गरेका थिए। हटसट नामको एक एपमा अश्लील फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले जनाएको छ।प्रहरीले यो मामिलामा अन्य ४ जनालाई यसअघि नै पक्राउ गरिसेको छ। प्रहरीले कुन्द्रा विरुद्ध आरोपीहरुको बयानमात्र नभएर टेक्निलक प्रमाणसमेत भएको जनाएको छ।भारतीय सञ्चार माध्यमहरुका अनुसार युवतीहरुलाई जबरजस्ती अश्लील फिल्म बनाउन लागएर कुन्द्रले सो एपमार्फत रिलिज गर्ने गरेका थिए। प्रहरीले यो लाखौंको व्यापारिक सञ्जाल हुनसक्ने बताएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति