एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं, ५ साउन ।  नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ।

तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक बस्न लागेको हो। आज अपरान्ह ३ बजे बैठक बस्ने पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो। उक्त बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए।वरिष्ठ नेता माधवकुमार नेपालसहित एमालेका २२ जनाले प्रधानमन्त्रीमा देउवालाई विश्वासको मत दिएका थिए। केन्द्रीय कमिटीमा नेता नेपाल पक्षका नेताहरू भने उपस्थित भएका छैनन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति