२० वर्षपछि नेपाल फर्कियो सिंगापुर एयरलाइन्स, साताको १ उडान गर्ने

काठमाडौं । २० वर्षपछि सिंगापुर एयरलाइन्सले नेपाल उडान सुरु गरेको छ । सन् २००१ बाट उडान रोकेको सिंगापुर एयरलाइन्सले आइतबारबाट नेपालमा नियमित उडान सुरु गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताव तिवारीले जानकारी दिए ।
यसअघि सिंगापुरबाट सिल्क एयरले उडान गर्दै आएको थियो । २००१ बाट उडान रोकेको थियो । सिंगापुर एयरलाइन्सको भगिनी संस्थाका रुपमा रहेको सिल्क एयरले नेपालमा सन् २००७ बाट नियमित उडान सुरु गरेको थियो । साताको सातै दिन उडान गर्दै आएको सिल्क एयरले कोरोना भाइरसको महामारीपछि भने उडान रोकेको थियो ।कोरोना महामारीपछि रोकिएको सिल्क एयरको ठाउँमा अब फेरि सिंगापुर एयरलाइन्सले फेरि उडान सुरु गरेको हो ।सिंगापुरले सुरुमा साताको एक उडान गर्ने र पछि सहज वातावरण भए पनि उडान संख्या थप गर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ । यस्तै अहिले सानो जहाज मार्फत उडान गरेपनि केहि समयपछि ठूलो जहाज मार्फत उडान भर्ने जनाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति