स्वास्थ्य सचिवमा डा. पोखरेल बढुवा

काठमाडौं, ४ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा प्रमुख विशेषज्ञ डा। रोशन पोखरेल बढुवा भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई सचिवमा बढुवा गरेको हो । सिफारिस समितिले पोखरेलसहित अन्य दुई प्रमुख विशेषज्ञ डा। महेन्द्रप्रसाद श्रेष्ठ र दीपेन्द्ररमण सिंहलाई सिफारिस गरेको थियो ।

यसअघि स्वास्थ्य सचिव पुष्पा चौधरीलाई २०७५ साल मंसिर १७ गते प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएपछि प्राविधिक सचिव पद रिक्त थियो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति