प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच फोनवार्ता: भारतले छिट्टै कोरोना खोप उपलब्ध गराउने

काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ।

सोमबार दिउँसो प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।

फोनवार्तामा मोदीले प्रधानमन्त्री देउवालाई कोभिड–१९ विरूद्धको खोप दिने बताएका थिए।

मैले आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गरेको थिएँ, देउवाले ट्विटरमा लेखेका छन्, हामीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे छलफल गर्‍यौं।

उनले थपे,प्रधानमन्त्री मोदीले नेपाललाई छिटो कोभिड भ्याक्सिन दिने आश्वासन दिए।आइतबार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाएका थिए। उनले १६५ विश्वासको मत पाएका थिए। विश्वासको मत पाएसँगै मोदीले फोन गरी प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएका थिए। त्यस्तै मोदीले ट्विटरमार्फत् पनि बधाई दिएका थिए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति