देउवालाई भोट दिने सांसदलाई कारबाही गर्न एमाले बैठक बस्दै

काठमाडौं, ४ साउन। नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज (सोमबार) बस्दै छ। आज ११ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने उनले बताए।आजको बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम तथा पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ। आजको बैठकमा प्रधानामन्त्री शेरबहादुर देउवाको पक्षमा मत दिने सांसदलाई कारबाही गर्ने विषयमा समेत छलफल हुने एक नेताले बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति