३२ वर्षमा २८ सरकार, एमाले ७ वर्ष नेतृत्वसहित १६ वर्ष , कांग्रेस १५ वर्ष नेतृत्व सहित २० वर्ष सरकारमा

काठमाडौँ — प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा एमालेका तर्फबाट सांसद प्रदीप ज्ञवालीले बोले  । प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली संसद भवनमा बसे । तर प्रतिनिधिसभाको बैठकमा गएर विपक्षी दलको नेताको हैसियतमा बोल्ने हिम्मत गरेन् । संविधान सभाका अध्यक्ष समेत भएको एमालेका संसदीय दलका उपनेता बैठकमा त उपस्थित भए । उनी पनि रोष्टममा गएर बोल्ने साहस गर्न सकेनन् । यो कस्तो विडम्वना हो विपक्षी दलको नेता र उपनेता दुवै जना सार्वभौम संसदको रोष्टममा उभिएर आफ्नो र आफ्नै दलको बचाउमा बोल्न ससकेनन् । ओलीले आफ्नो दलको प्रवक्ता ज्ञावलीलाई हाजिर जनाउन रोष्टममा पठाए । ज्ञवालीले पनि आफ्नो नेता र दलको खुइलिएको छवि जोगाउन संसद समक्ष क्षमा माग्नुको सट्टा आफ्नै व्यक्तिगत बचेखुचेको छविलाई पनि युथ फोसको कार्यकर्ताका रुपमा झारे ।
ज्ञवालीले एमाले प्रतिपक्षमा बस्न अभ्यस्त रहेको कनिकुथी बताए । तर विगत इतिहास हेर्दा सवैभन्दा बढी सत्तामा बस्ने दल नेकपा एमाले नै भएको इतिहास विर्से ।

विगत तथ्यले एमाले सत्ताको मामिलामा कांग्रेसभन्दा कमजोर नरहेको देखाउँछ । २०४७ यता एमाले ७ वर्ष नेतृत्वसहित १६ वर्ष १ महिना सरकारमा बसेको छ । वाममोर्चाका तर्फबाट २०४७ सालको अन्तरिम सरकारमा सामेल एमालेको शासकीय संलग्नता राप्रपा नेता लोकेन्द्रबहादुर चन्द र तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट ‘प्रतिगमन आधा सच्चिएको’ भनिएको सरकारमा सहभागी थियो ।
मनमोहन अधिकारीको अल्पमतको एकलदेखि केपी शर्मा ओली नेतृत्वको करिब दुई तिहाइ बहुमतको सरकारसम्मको नेतृत्वसमेत एमालेले गरेको छ ।यसबीचमा एमालेबाट चार जना प्रधानमन्त्री भइसकेका छन् ।अहिलेसम्म एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली गरी ४ जना प्रधानमन्त्री बनिसकेका छन् ।
ओली दुई पटक प्रधानमन्त्री बन्ने भाग्यमानी नेता पनि हुन् । उनी पहिलोपटक गृहमन्त्री, दोस्रो पटक उपप्रधान तथा परारष्ट्रमन्त्री र पछिल्लो पटक २०७२ र २०७४ मा प्रधानमन्त्री बन्ने अवसर पाए ।

एमाले १४ पटक सरकारमा गएको छ । यो बीचमा कांग्रेस १५ वर्ष ८ महिना नेतृत्वसहित २० वर्ष सरकारमा बसेको छ । मूलधारमा आएको १५ वर्ष मात्र भए पनि माओवादी १० वर्ष ५ महिना सरकारमा बसेको छ ।
यसरी हेर्दा यी दलहरुलाई प्रतिपक्षमा बस्न निकै कठिन भएका तथ्यहरु छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति