विश्वासको मत प्राप्त गर्ने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए देउवालाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले संसदबाट विश्वासको मत प्राप्त गर्ने वित्तिकै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । मोदीले ट्विट गर्दै देउवालाई बधाई दिएका हुन् । देउवाले करिब १० बजे राती सदनबाट विश्वासको मत पाएको घोषण भएको थियो । त्यसको आधा घण्टा नवित्दै भारतीय समकक्षी मोदीले देउवालाई बधाई दिएका हुन् ।

मोदीले देउवाको कार्यकालको सफलताको कामना गर्दै दुई देशबीचको मौलिक साझेदारी र सम्वन्धलाई अरु अघि बडाउन मिलेर काम गर्ने बताएका छन् ।
प्रधानमन्त्री नियुक्त भएको एक हप्ता सम्म मोदीको बधाइ नआएको विषय नेपालमा निकै चर्चा भएको बेला आज मोदीले देउवालाई बधाई दिएका हुन् ।

विश्वासको मत पाएसंगै देउवाले यो संदको बांकी कार्यकाल झण्डै दुई वर्ष सरकार चलाउने छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति