प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त, माधव पक्षमा दुई धार, ओली समूहका ४ जनाले पनि देउवालाई भोट दिए

काठमाडौं । सर्वोच्च अदालतको फैसला अनुसार स संविधानको धारा ७६ को उपधारा ५ अनुसार गत आसर २९ गने प्रधानमन्त्री नियुक्त शेरबहादर देउवाले संसदबाट विश्वासको मत पाएका छन् । देउवाको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपाका दुवै समूह, राजमो र नेकपा एमालेको माधव नेपाल पक्षका सांसदले मतदान गरेका थिए ।

देउवाको विपक्षमा नेकपा एमाले र नेमकिपा तथा राप्रपाका सांसदले मत हालेका थिए ।

प्रधानमन्त्री देउवाले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा प्रधानमन्त्री देउवाको पक्षमा १६५ र विपक्षमा ८३ मत पर्‍यो

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतको प्रस्ताव राखेको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले बैठकमा अनुपस्थित रहे पनि मतदान गर्ने बेला आएका थिए ।
नेकपा एमालेको माधव पक्षका सांसदहरु मध्ये आधाले देउवाको पक्षमा र आधा तटस्थ बसेका थिए । के गर्ने भन्ने विषयमा अलमल भएका कारण पार्टी उपाध्यक्ष रहेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका थिए । तटस्थ बस्नेहरुको तर्क अझै पनि पार्टी एकता कायम गर्न कोशिश गर्ने भन्ने रहेको छ । तटस्थ बस्ने मध्येका अगुवा घनश्याम भुसालले भने अव संसद जोगियो, संविधान जोगियो, अब पार्टी जोगाउनु पर्छ ।
माधव पक्षका माधव नेपाल, विरोध खतिवडा, रामकुमारी झांक्री, मेटमणि चौधरी, निरादेवी जैरु ले विश्वासको प्रसस्तावको पक्षमा मतदान गरेका थिए । आज मात्रै भएको ओली पक्षीय एमालेको स्थायी कमिटिको बैठकले देउवाको पक्षमा भोट हाल्ने पार्टीमा रहन नससक्ने चेतावनी दिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा केपी ओली पक्षमा रहेका ४ सांसदले फ्लोर क्रस गरेका छन् ।
ओली पक्षका प्रेम आले डोटी, धनबहादुर बुढा डोल्पा, किसन श्रेष्ठ, तनहुं गोपाल बम बाजुरा रहेका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण एमाले चरम अराजक र अनुशासनहीन पार्टी बनेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board