‘मेरो सेयर’मा थपियो नयाँ फिचर, आफ्नो सेयरबारे थप जानकारी लिन सकिने

काठमाडौं । सरकारले बजेटमार्फत लगानीकर्ताले सेयर होल्डका आधारमा पुँजीगत लाभकर निर्धारण गरेपछि केन्द्रीय निक्षेप प्रणाली सीडीएससीले ‘मेरो सेयर’ सफ्टवेयरमा नयाँ फिचर थप गरेको छ । साउन १ गतेबाट नयाँ पुँजीगत लाभकर लागू भएपछि सीडीएससीले सेयर अवधि गणना गर्ने फिचर थप गरेको हो । आइतबार साँझ ७ बजेपछि सो फिचर ‘मेरो सेयर’मा देखिने छ ।

लगानीकर्तालाई आफूले किनेको शेयर कति समय होल्ड गरें भन्ने कुरा सहजै थाहा होस् भनेर यो फिचर निर्माण गरिएको सीडीएससीले बताएको छ । नयाँ पुँजीगत लाभकरमा लगानीकर्ताले एक वर्षभन्दा कम समयमा सेयर बेचे ७।५ प्रतिशत लाभकर र १ वर्षभन्दा बढी होल्ड गरेको छ भने ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board