थप १८०१ जनामा कोरोना पुष्टि,२३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६२८ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२३ र तीन हजार जनामा गरिएको एन्टिजेन परीक्षणमा ५७८ जना गरी १ हजार ८०१ जनामा कोरोना संक्रमण देखिएको हो । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । यस्तै १ हजार ६६७ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १६ हजार ४९ पुगेको छ । तीमध्ये ९ हजार ५५० जनाको मृत्यु भएको छ भने ६ लाख ३२ हजार ७४ जना संक्रमणमुक्त भएका छन् । देशभर रहेका सक्रिय संक्रमितमध्ये २२ हजार ८३४ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६५१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ५६१ जनाको आईसीयू र १६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८५, प्रदेश २ मा ४२, प्रदेश ३ मा ५९२ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २५७, लुम्बिनीमा ८७, कर्णालीमा २१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

कहाँ कति थपिए संक्रमित

नयाँ संक्रमितमध्ये ३३४ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका २३४, ललितपुरका ६४ र भक्तपुरका ३६ जना छन् ।यस्तै चितवनमा १६१, कास्कीमा ११५, झापामा ८९, मोरङमा ४७ र रुपन्देहीमा ४५ जनामा संक्रमण पुष्टि भएको छ । नवलपरासी पूर्वमा ३६, कैलालीमा ३१, बागलुङमा २९, नुवाकोटमा २५, धादिङमा २४ र स्याङ्जामा २० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board