टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिए

काठमाडौं । टोकियो ओलम्पिकको ‘ओलम्पिक भिलेज’ भित्रै कोरोना संक्रमित भेटिएका छन् ।
ओलम्पिकको आयोजक कमिटिले हिजो ओलम्पिक भिलेज भित्र कोरोना संक्रमित भेटिएको पुष्टि गरेको हो । ओलम्पिकमा सहभागि हुन विदेशबाट आएका एक व्यक्तीमा कोरोना संक्रमण भएको बताइएका छ ।

टोकियो ओलम्पिक औपचारिकरुपले सुरु हुन अब ६ दिन मात्रै बाँकी छ । तर भिलेजभित्रै कोरोना संक्रमण पुष्टि भएपछि आयोजकहरुमा चिन्ता थपिएको छ । कोरोना संक्रमित व्यक्ती खेलाडी नभएर खेल आयोजनामा संलग्न रहेको बताईएको छ । आयोजकले कोरोना संक्रमितको परिचय गोप्य राखेको छ । कोरोना संक्रमण देखिएपछि उनलाई ओलम्पिक भिलेजबाट छुट्टै स्थानमा आइसोलेसनमा राखिएको छ ।टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । ओलम्पिकमा नेपालबाट पौडीमा दुई तथा एथ्लेटिक्स, जुडो र शुटिङमा एक एक जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board