रावलको राजीनामा दिएर उच्च राजनीतिक संस्कार र नैतिकता प्रदर्शन गरे : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सांसद पदबाट राजीनामा दिएर एमाले नेता भीम रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको बताएका छन् ।

रावलको राजीनामा बारे ट्वीटरमा आफ्नो धारणा व्यक्त गर्दै थापाले राष्ट्रियता र प्रजातन्त्रको सवालमा पनि रावलको अडान प्रशंसनीय रहेको टिप्पणी गरेका छन्। विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजीनामा दिएर उनले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको’ उनको भनाइ छ, ‘विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा रावलको अडान प्रशंसनीय रहेको छ । राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उनका कदमलाई शुभकामना ।’ शेरबहादुर देउवालाई विश्वासको मत दिनुअघि उनले राजीनामाको घोषणा गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति