भारतीय राजदूत क्वात्राबाट १५० आइसीयु बेड नेपाललाई हस्तान्तरण

काठमाडौं । नेपालका लागि भारतीय राजदूत महामहिम विनय मोहन क्वात्राले नेपाल सरकारलाई १५० वटा आइसीयु बेड हस्तान्तरण गरेका छन् । । भारतले नेपालसँग कोभिड–१९ सहकार्यका लागि गरेको प्रतिबद्घता अनुरुप कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको समारोहमा हस्तान्तरण गरेको हो । राजदूत क्वात्राले अत्यावश्यक स्वास्थ्य पूर्वाधारमा भारतले नेपाललाई सहयोग गर्ने र महामारी व्यवस्थापनमा भारतको निरन्तर सहयोग रहने प्रतिबद्घता जनाए ।

मन्त्री कार्कीले भारत सरकारको यो सहयोग कोविड–१९ बिरूद्धको लडाईमा एक महत्वपूर्ण कोसेढुंगा भएको भन्दै धन्यवाद दिएका थिए ।

२। महामारी सुरु भएयता अत्यावश्यक औषधी, आरटी–पीसिआर टेस्ट, भेन्टिलेटर लगायत अन्य स्वास्थ्य सामाग्री उपलब्ध गराई भारतले नेपाललाई ६.५ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहयोग प्रदान गरेको भारतीय दुतावासले जनाएको छ । दूतावासका अनुसार गत जनवरीमा भारतले उपलब्ध गराएको १० लाख डोज कोभिशिल्ड खोप पाउने पहिलो मुलुकहरु मध्येको एक नेपाल पनि हो । भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप प्रदान गर्नुका साथै एन्टिजेन परीक्षण सामाग्री, पीपीई, मास्क, एम्बुलेन्स तथा आइसीयु बेड लगायतका स्वास्थ्य सामाग्री पनि प्रदान गरिसकेको छ ।
भारत र नेपालबीच स्वास्थ्य क्षेत्रमा बलियो सहकार्य रहदै आएको छ जसमा एम्बुलेन्सको वितरण, स्वास्थ्य क्षेत्रमा नियमित प्रशिक्षण तथा क्षमता विकास कार्यक्रम र अस्पताल, ट्रमा तथा प्रसूति केन्द्र, नेचुरोप्याथी सेन्टर, आँखा हेरचाह केन्द्र लगायतका स्वास्थ्य पूर्वाधारको विकास कार्य रहेको दूतावासले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board