महन्थ पक्षबाट मन्त्री बनेकी रेणुका उपेन्द्रतिर

काठमाडौं । जनता समाजवादी पार्टी जसपा की सांसद रेणुका गुरुङले महन्थ ठाकुर छाडेर उपेन्द्र यादव पक्षलाई साथ दिएकी छन् । ओली नेतृत्वको सरकारमा १२ दिन राज्यमन्त्री रहेकी गुरुङ अहिले बालकुमारीस्थित पार्टी कार्यालयमा जारी उपेन्द्र–बाबुराम पक्षको संसदीय दलको बैठकमा सहभागी छिन् । मन्त्रिपरिषद् विस्तार सर्वोच्च अदालतले खारेज गरेपछि गुरुङ १२ दिन मात्रै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक राज्यमन्त्री बन्न पाएकी थिइन् ।शेरबहादुर देउवाले विश्वासको मत लिन लागेका बेला गुरुङले अन्तिम समयमा आएर कित्ता परिवर्तन गर्दै यादव पक्षको बैठकमा सहभागी भएकी हुन् । योसँगै उपेन्द्र यादव पक्षतिर १८ सांसद रहेका छन् भने ठाकुर पक्षमा १४ छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने, सरकारमा सम्मानजनक सहभागिता, मन्त्रालय बाँडफाँट, संसदीय दलको नेता चयन लगायतका एजेन्डामा बैठक केन्द्रित रहेको यादवका प्रेस संयोजक महेश चौराशियाले बताए । जसपाका ३४ सांसद भए पनि २ निलम्बनमा परेकाले ३२ सांसदमात्र छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति