काठमाडौं । कारोबारको पहिलो दिन नेप्से परिसूचक आज करिब ३ हजार विन्दुको नजिक पुगेको छ । ९७.२१ अंकले बढ्दै नेप्से २९८०.६१ विन्दुमा पुगेको हो । कारोबार रकममा पनि एक महिनापछि १० अर्ब नाघेको छ ।
आज २ करोड ८८ लाख ६३ हजार ९३ कित्ताको सेयर किनबेचमा ११ अर्ब ६३ करोड ८१ लाख २६ हजार ४९३ रूपैयाँ कारोबार भयो ।
असार मसान्तसम्म बैंकको ब्याज तिर्नुपर्ने कारण र धितोपत्र बोर्डले गत असार १ गते ५१ वटा कम्पनीलाई जोखिम भन्दै कम्पनीको नामसहित सूची प्रकाशित गरेपछि ३ हजार नाघेको नेप्से ओरालो लागेको थियो । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारलाई नीतिगत नियममा नबाँध्ने बताएका छन् ।
COMMENTS