देउवालाई विश्वासको मत दिन सबै दललाई कांग्रेसको अपिल

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै दललाई प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिन अपिल गरेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा आइतवार बसेको कांग्रेस संसदीय दलको बैठकले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका सबैलाई भोट हाल्न आग्रह गर्ने निर्णय गरेको हो ।

कांग्रेस सचेतक पुष्पा भुसालले नेकपा एमालेको माधव नेपाल पक्षले पनि देउवाको पक्षमा भोट हाल्ने विश्वास व्यक्त गरिन् ।

‘संविधानको कार्यान्वयन र संसदीय व्यवस्थाको रक्षाका लागि प्रतिनिधि सभामा रहेका सबै दललाई विश्वासको मतको प्रक्रियामा साथ दिन आग्रह गरेको छ,’ भुसालले भनिन्, ‘संविधानको रक्षाका लागि हिजो गठबन्धन गरेका र सर्वोच्चमा रहँदाको साथ यथावत रहेको छ ।’

कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थित भएर देउवाको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

आइतवार साँझ बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति