माओवादी संसदीय दलको बैठक सकियो, भयो यस्तो सहमति

काठमाडौं, ३ साउन ।  माओवादी केन्द्रले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। सिंहदरवारमा आइतबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको सांसद् मातृका यादवले जानकारी दिए। उनले देउवाले विश्वासको मत पाउनेमा शंका नभएको बताए। उनले १५० जनाभन्दा बढी सांसदले विश्वासको मत दिने दाबी गरे। उनले अहिलेसम्मको आफूहरुको लडाइँ संसद् निरन्तर चलोस् भन्नेमा रहेको बताउँदै त्यसमा सफल भएको बताए।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति