काठमाडौं, ३ साउन । आसन्न नेपाली का“ग्रेसको चौधौं केन्द्रीय महाधिवेशन आगामी भदौं तेस्रो हप्तासम्ममा सम्पन्न हुने का“ग्रेसले दाबी गर्दै आएको छ । महाधिवेशनको संग्राममा पार्टी सभापतिका लागि मात्रै झण्डंै दर्जनौंको नाम बाहिर आएको छ । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा स्वयम् आफू पुनः पार्टी सभापतिको दाबेदार रहेको भन्दै सो तयारीमा समेत जुट्दै आएका छन् ।
देउवा पक्षकै विमलेन्द्र निधि हुन् वा कोइराला लिगेसी समेत बोकेका महामन्त्री डा. शशांक कोइराला, डा. शेखर कोइराला वा सुजता कोइराला नै किन नहुन् यतिबेला लञ्च मिटिङदेखि कोठे बैठकहरुमा पार्टी महाधिवेशनको सन्दर्भमा ब्यापक छलफल हुदै आएको छ । काँग्रेस नेता डा. नारायण खड्काले भने महाधिवेशनको सन्दर्भमा लञ्च मिटिङहरुबारे बोल्दै लञ्च मिटिङ गर्नु राम्रो रहेको अझै यसमा मीठो–मीठो खानेकुरा खाएको झनै राम्रो भएको भन्दै व्यङ्गात्मक प्रतिक्रिया दिए ।
नेपाली का“ग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशन आउन लगभग डेढ महिना मात्रै बाकी रहदा पार्टी सभापति लगायत अन्य पदका उम्मेदवारको दौपधूप देशव्यापीरुपमा छ । यसस“गै नेपाल पेजसँग कुराकानी गर्दै का“ग्रेस नेता डा. नारायण खड्काले आफू पनि सभापतिको दाबेदार भएको घोषणा गरे । सभापति पदमा थुप्रै आकांक्षीहरु देखिएपनि महाधिवेशनको चुनावी मैदानमा वास्तवमै उत्रने प्रतिद्धन्द्धीहरुबारे का“ग्रेस शुभचिन्तक एवम् विश्लेषकहरुले राम्रै लख काटिसके ।
प्रतिस्पर्धा त स्वतः छ नै महाधिवेशनको सन्दर्भमा सहमतिका विषयहरुमा पनि छलफल हुदै आएको छ । महाधिवेशनमा आएका प्रतिद्धन्द्धीहरुप्रति प्रतिकात्मक ढंगबाट का“ग्रेस नेता खड्काले हात, पाखुरा र खुट्टा बलिया भएका सबै नै लड्न पाउने बताए । यसस“गै बोराका बोरा पैसा भएकाहरु महाधिवेशनमा सक्रिय भएरहेको उनले ब्यङ्ग्यात्मक ढंगबाट बताएका छन् । खड्का काँग्रेस सभापति निकटका बौद्धिक नेताका रुपमा माानिन्छन् ।
के हो प्लान बी ?

काँग्रेसले आसन्न चौधौं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्ने गरी तयारी गर्दै आएको बताउदै आएको छ । क्रियाशिल सदस्यताका सम्बन्धमा ७७ मध्ये ७५ जिल्लाको टुंगो लागिसकेको र यसलगायत अन्य समितीहरुसँग पनि काँग्रेसले छलफल र तयारी तीव्ररुपमा अघि बढाएको छ । तर, समयमै सम्पन्न गर्न नसके पनि अधिनायकवाद जस्तो आफूले चाहेकै हुनुपर्छ भन्ने होइन लोकतान्त्रिक अभ्यासमा गोजीमा एउटा विकल्प त राखिरहनुपर्छ खड्काले बताए । यसका लागि आफूले प्लान बीको सन्दर्भ पनि उनले उठाएका छन् ।
आसन्न चौधौं केन्द्रीय का“ग्रेस महाधिवेशनका सन्दर्भमा पार्टीको विधान एवम् वैचारिक तथा सैद्धान्तिक विषयमा छलफल केन्द्रीत हुन सकेको छैन । खासगरी, पार्टीको नेतृत्व चयन सम्बन्धमा भने काग्रेस नेताहरुबीचमा छलफल तीव्ररुपमा चल्दै आएको छ । का“ग्रेस महाधिवेशनको मिती नजिकिदै गर्दा का“ग्रेसका सभापति र अन्य पदका आकांक्षीहरु थप देखा पर्दै गएका छन् । तथापि, पछिल्लो समय का“ग्रेस नेतृत्वमा सरकार गठनसगै अन्य जिम्मेवारीहरु थपिएका छन् भने सरकारमा सहभागिताका कारण पार्टीभित्रको गुटगत समीकरणमा पनि फेरवदल आउने सम्भावना त्यत्तिकै प्रवल छ । यसर्थ, यो अवस्थामा तोकिएको समयावधिभित्रै का“ग्रेसको चौधौं केन्द्रीय महाधिवेशन सम्पन्न हुनेमा आशंका पैदा भएको हो ।
COMMENTS