काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् ।सर्वोच्च अदालतले २८ असारमा पुनस्र्थापना गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार आजकै बैठकमा विश्वासको मत लिने तयारी छ ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । एमाले र जनता समाजवादी पार्टी (जसपा)मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए ।तर एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक राखेर विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएपछि शनिबार एकाकाए नयाँ निर्णय भएको गरेको एक स्रोतले जनाएको छ ।
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
प्रतिक्रिया