देउवाले माधव नेपाललाई ५ सिटभन्दा धेरै दिन नसक्ने भन्दै गरेयस्तो खुलाशा – नेता प्रदिप गिरी (भिडियोसहित)

काठमाडौ, ३ साउन । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले शेरबहादुर देउवाले माधव नेपाल समूहसंग चाहेर पनि प्रचार गरिएजस्ता गरी सांसदको सिट संख्या दिन नसक्ने बताएका छन् । प्रदिप गिरिले भने–देउवाले चाहंदा बढीमा ५ सिट सम्म दिन सक्नुहोला । अरु कसले मान्छ ? देउवाले दिंदैमा नेपाली कांग्रेसका नेताले आफ्नो सिट छाड्छन् ?

एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकमा प्रधान सम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै नेता गिरिले भने देउवा प्रचण्ड र माधव नेपाल सहितको गठवन्धन प्रधानमन्त्री केपी ओलीलाई अपदस्थ गर्नसम्म काम लाग्छ । त्यसपछि आ–आफ्नो बाटो लागिहाल्छन् ।
नेपालमा गठवन्धन संस्कृति नै नभएकाले लामो समय गठवन्धन जाँदैन । अहिले बनेको विपक्षी गठवन्धनको न कुनै कार्यक्रम छ न कुनै सार्वजनिक प्रतिवद्धता । यस्तो अवस्थामा कसरी गठवन्धन लामो समय टिक्छ ? गिरिले प्रश्न समेत गरे ।
निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले विधि, विधान, नियम र लोकाचार केही पनि नचाहिने मानक कायम गरेर नयाँ रेकर्ड कायम गरेको भन्दै गिरिले व्यंग्य गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board