पाकिस्तानमा अफगानिस्तानका राजदूतकी छोरीको अपहरण

काठमाडौं, ३ साउन । अफगानिस्तानका राजदूत नजिबुल्लाह अलिखिलकी छोरीको अपहरण भएको छ । पाकिस्तानको इस्लामाबादमा उहाँकी छोरीलाई अपहरण गरी यातना दिइएको खबर प्राप्त भएको बीबीसीले जनाएको छ । विद्रोही समूह तालिबान घटनामा संलग्न रहेको बताइए पनि पुष्टि हुन बाँकी छ।

पाकिस्तानका सञ्चारमाध्यमले भने राजदूत अलिखिलकी छोरी रिहा भइसकेको दाबी गरेका छन् । तर यसबारे कुनै पुष्टि भएको छैन । अफगानिस्तानले घटनाको निन्दा गर्दै सुरक्षा सतर्कता बढाउन पाकिस्तानलाई आग्रह गरेको छ । यो घटनाले दुई देशबीच तनाव उत्पन्न गराएको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board