प्रचण्ड र नेपाललाई भेटेर वैद्य भेट्न पुगे विप्लव

काठमाडौं, २ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’बीच भेटवार्ता छ।

पछिल्लो समय राजनीति भेटवार्तालाई तीव्रता दिएका विप्लवले शनिबार वैद्यसँग भेटवार्ता गरेका हुन्। भेटमा समसामयिक विषयमा छलफल भएको विप्लव निकट नेताहरुले बताएका छन्।

भित्री कुराकानी नखुलाएपनि माओवादी ध्रुवीकरणका विषयमा छलफल भएको नेताहरुको भनाइ छ।तत्कालिन एकिकृत माओवादी केन्द्रबाट छुट्टिएका वैद्य र विप्लव पछि अलग्गिएका थिए। वैद्यको कार्यशैलीबाट असन्तुष्ट रहेका विप्लवले छुट्टै पार्टी गठन गरेका थिए। विप्लव पछिल्लो समय राजनितिक भेटवार्तामा व्यस्त छन् । यसअघि उनले माधव कुमार नेपाल र पुष्पकमल दाहाललाई भेटिसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति