माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं, २ असार । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । बैठक विहान ११ बजे सिंहदरबारमा बस्ने प्रमुख सचेतक देव गुरुङले बताए ।

बैठकमा संसदमा कसरी प्रस्तुत हुने विषयमा छलफल हुने उनले बताए । प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक शुक्रबार नै बसिसकेको छ। एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय लिइसकेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board