थप एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि, दुई हजार बढी निको

काठमाडौं, २ साउन । पछिल्लो २४ घण्टामा एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।६ हजार आठ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार तीन सय १० जना र तीन हजार दुई सय आठ जनाको एन्टिजेन परीक्षण गर्दा पाँच सय ६५ जना गरी एक हजार आठ सय ७५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या सात लाख १४ हजार दुई सय ४८ जना पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा दुई हजार एक सय ६४ जना निको भएका छन् । यो सहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ३० हजार चार सय सात पुगेको छ । थप २१ जना सहित नेपालमा नौ हजार पाँच सय २७ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । अहिले नेपालमा २५ हजार नौ सय ५२ जना सक्रिय सङ्क्रमित छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board