काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपाल बीच समसामयिक राजनीतिका बारेमा छलफल भएको छ ।
शनिबार दिउँसो नेपाल निवास कोटेश्वरा दुई नेताबीच छलफल भएाको हो ।
उनीहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल प्रचण्डका निजी सहयोगीले बताए ।
शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि नेपालले गठबन्धनमा सहभागी नहुने बताएपनि देउवा र प्रचण्डसंग नेपालले लगातार छलफल गरिरहेका छन् । विहीबार मात्रै प्रधानमन्त्री देउवाले पनि नेपाल निवसामै पुगेर उनीसंग छलफल गरेका थिए । आइतबारबाट शुरु संसदको बर्षे अधिवेशन तथा प्रधानमन्त्रीले विश्वास को मत लिने विषयमा तीन नेताबीच छलफल भइरहेको छ ।
प्रतिक्रिया