ओलीले बोलाए एमाले केन्द्रीय कमिटी बैठक, स्थायी कमिटीले एजेण्डा तय गर्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमवार बस्ने भएको छ । केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न आइतवार विहान ११ बजे स्थायी कमिटी बैठक बोलाइएको कार्यालय सचिव शेरवहादुर तामाङले जानकारी दिए ।

बैठकमा माधव नेपाल पक्षलाई पनि खबर पठाइएको उनको भनाइ छ ।

‘२०७५ जेष्ठ २ गतेकै बैठक बोलाउने गरेका छौं । हामीले सबैलाई खबर गर्ने गरेका छौं । बैठकमा आउनुपर्ने दायित्व र जिम्मेवारी उहाँहरुको हो, ‘ उनले भने ।

एमालेको असार १८ र १९ मा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताका पक्षमा उभिन माधव नेपाल समूहलाई शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन दिएको समर्थन फिर्ता लिन अल्टिमेटम दिएको थियो ।

तर त्यस अवधिमा देउवालाई दिएको समर्थन फिर्ता भएन र एमालेको सरकार सर्वोच्च अदालतको परमादेशबाट विस्थापित भइसकेको छ । अध्यक्ष केपी शर्मा ओलीले अदालतको फैसला आएको भोलिपल्ट केन्द्रीय कमिटी बैठक बस्ने भने पनि पार्टी एकताको लागि प्रयास गर्ने भन्दै रोकिएको थियो । अबको केन्द्रीय कमिटी बैठकले दश बुँदे सम्झौतालाई अनुमोदन गर्दै देउवा सरकारलाई विश्वासको मत नदिन सबै सांसदलाई निर्देशन दिने सम्भावना छ । तर माधव नेपालले विश्वासको मत दिने बताइसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board