कोरोना अपडेट : २९ सय ३६ जनामा संक्रमण, १७ सय ७५ जना डिस्चार्ज

काठमाडौँ, १ साउन । पछिल्लो २४ घण्टामा दुई हजार नौ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नौ हजार ६ सय १३ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ६ जना र चार हजार पाँच सय ६९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ सय ३० जना गरी दुई हजार नौ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा अहिलेसम्म सात लाख १२ हजार तीन सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ७५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख २८ हजार दुई सय ४३ जना पुगेको छ । यस्तै, कोरोना भाइरसको सङ्क्रमणबाट थप ४३ जनाको ज्यान गएको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार पाँच सय ६ जना पुगेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति