एमाले संसदीय दलको बैठकमा पनि माधव समूह अनुपस्थित

काठमाडौं, १ साउन । नेकपा एमालेको संसदीय दलको बैठक बानेश्वरमा शुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक शुरु भएको हो । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु भने अनुपस्थित छन् । अध्यक्ष केपी शर्मा ओलीले बिहान बोलाएको दलको बैठकमा संसदमा पार्टीको भूमिकाबारे छलफल हुने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । सत्ताबाट ओली बाहिरिएपछि पहिलो पटक संसदीय दलको बैठक बसेको हो । आइतबार पुनर्स्थापित प्रतिनिधिसभाको बैठक बोलाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति