अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने

काठमाडौं, १ साउन । अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र आउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी गराएका गराउनुभएको हो ।
‘म अर्थतन्त्रको अध्ययनकै चरणमा छु,’ उनले भने, ‘छिट्टै श्वेत पत्र ल्याउछौं ।’ उनका अनुसार मन्त्रालयले आजसम्मको अर्थतन्त्रको अवस्था र आगामी भिजन समेटेर स्वेतपत्र ल्याइने छ ।

मन्त्रालयमा आयोजित एक कार्यक्रममा उनले अहिले सूचकांकले देखायको अवस्थालाइ श्वेतपत्रमा समेटिने जानकारी दिए । आफ्नो, अर्थ मन्त्रालयको र सरकारको अर्थ नीति समेत श्वेतपत्रमा समेटिने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति