अब रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिकामा हुनेछौं : अध्यक्ष ओली

काठमाडौँ, १  साउन । प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिलाई गति दिन आफूहरूको रचनात्मक र सक्रिय भूमिका हुने बताएका छन् ।

तुलसीलाल प्रतिष्ठान च्यासलमा शुक्रबार एमाले स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले अब पार्टीका नीति तथा कार्यक्रम लिएर जनतामा गई व्यापक समर्थन प्राप्त गर्ने जनाए । ‘राजनीतिलाई गति दिन रचनात्मक र सक्रिय प्रतिपक्षको भूमिका हुनेछ,’ ओलीले भने, ‘हामी हाम्रा विचारहरू, हाम्रा आदर्श, हाम्रा उद्देश्य, हाम्रा नीति, कार्यक्रम लिएर जनताका बीचमा जानेछौं । नेपाली जनताको समर्थन व्यापक रूपमा प्राप्त गर्नेछौं ।’ जनताको समर्थनबाट बनेको सरकार सर्वोच्चको परमादेशका कारण ढलेको भन्दै ओलीले न्याय पाउने ठाउँबाट अन्याय भएको बताए । बैठकमा कार्यदलमा भएको दसबुँदे सहमतिका विषयमा पनि छलफल हुने भएको छ । तर, वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्ष भने बैठकमा उपस्थित छैन । नेपालपक्षका दोस्रो तहका नेताहरूले स्थायी र संसदीय दलको बैठक रोकेर अनौपचारिक छलफलका लागि आग्रह गरेका थिए । तर, बैठक जारी छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति