विश्वभर थप ५ लाख ५५ हजार बढीमा कोरोना संक्रमण, मृतकको संख्या ४० लाख ८२ हजार नाघ्यो

काठमाडौं, १ साउन । विश्वभर पछिल्लो २४ घण्टामा थप ५ लाख ५५ हजार १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै विश्वमा कुल कोरोना सङ्क्रमितको संख्या १८ करोड ९७ लाख २ हजार १९० पुगेको छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् । अमेरिकामा अहिले सम्म ३ करोड ४८ लाख ८७ हजार १५५ जना कोरोना संक्रमित भएका छन् । त्यस्तै दोस्रो स्थानमा भारत रहेको छ । भारतमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल संख्या ३ करोड १० लाख २५ हजार ८७५ पुगेको छ ।

त्यस्तै तेस्रो स्थानमा ब्राजिल रहेको छ । ब्राजिलमा अहिले सम्म १ करोड ९२ लाख ६२ हजार ५१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै रुस, फ्रान्स, टर्की, र बेलायतमा ५ लाख बढिमा कोरोना पुष्टि भइसकेको छ भने, अर्जेन्टिना, कोलम्बिया र इटालीमा ४ लाख बढि कोरोना संक्रमित भएका छन् । यस्तै कोरोना सङ्क्रमणबाट हालसम्म विश्वमा ४० लाख ८२ हजार ६३६ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति