“खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ” अध्यक्ष डा.भट्टराई

काठमाडौं, १ साउन । पूर्व प्रधानमन्त्री तथा जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुले सडकमा ‘तमासा’ गरेको बताएका छन् । ओलीका समर्थकहरुको प्रदर्शनलाई उनले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गरेजस्तै भनेर टिप्पणीसमेत गरेका छन् । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी गर्छ । ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ ।’ कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसँग मिल्दोजुल्दो भएको पनि भट्टराईले उल्लेख गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board